चितवन विशेष

भरतपुरमा सामाजिक अनुसन्धानमा एसपीएसएसको प्रयोगबारे कार्यशाला

Banner

चितवन, जेठ ७-

सामाजिक अनुसन्धान गर्दा एसपीएसएस सफ्टवेयरको प्रयोग कसरी गर्ने भनेर भरतपुरमा कार्यशाला गरिएको छ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सप्तगण्डकी बहुमुखी क्याम्पस गणित विभागले सो कार्यशाला गरेको हो ।
सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतोको अध्यक्षतामा भएको कार्यक्रममा सप्तगण्डकी क्याम्पस, मैयादेवी कन्या क्याम्पस, माडी क्याम्पस र भवानी शंकरका ४० जना प्राध्यापक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

कार्यशालालाई विषयविज्ञहरु नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक जीवन खड्का र सप्तगण्डकी बहुमुखी क्याम्पसका गणित विषयका उपप्राध्यापक बसन्तराज लामिछानेले सहजीकरण गरेका थिए । खड्काले सामाजिक अनुसन्धानमा तथ्यांक विश्लेषण, सहसम्बन्ध र तथ्यांकको विश्वसनियताबारे जानकारी गराएका थिए भने लामिछानेले सामाजिक अनुसन्धानमा नमुना छनोट, तथ्यांक मापन विधि, चलहरुबीचको सम्बन्धबारे विभिन्न उदाहरणसहित व्याख्या गरेका थिए ।

कार्यशालामा सामाजिक वैज्ञानिकहरुद्वारा विश्वव्यापीरुपमा प्रयोग गरिएको सबैभन्दा लोकप्रिय तथ्यांक विश्लेषण सफ्टवेयर एसपीएसएस सञ्चालन गर्ने तरिकाहरुबारे पनि सहजकर्ताहरुले जानकारी गराएका थिए । कार्यशालामा अनुसन्धानमा संख्यात्मक र गुणात्मक तथ्यांकहरुलाई कसरी विश्लेषण गर्न सकिन्छ भन्ने अभ्याससहित जानकारी गराइएको थियो । सहभागीहरुले प्राध्यापकहरुको प्राज्ञिक उन्नयनमा यसप्रकारको कार्यशाला प्रभावकारी हुने आशा व्यक्त गरे । सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा र सप्तगण्डकी अनुसन्धान म्यानेजमेन्ट सेलका संयोजक डा कपिलदेव सुवेदीले यसप्रकारको कार्यशालाको महत्व र उद्देश्यबारे कार्यशालामा अवगत गराएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>