चितवन विशेष

भरतपुरमा लागुऔषधसम्बन्धी सचेतनामूलक प्रशिक्षण

Banner

चितवन, जेठ ७-

भरतपुरमा लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।

भरतपुर महानगरपालिका–१२ को आयोजनामा शनिबार लागुऔषध तथा लागुपदार्थसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको हो ।

वडा अध्यक्ष लेखराज पन्त (हरि) को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले चितवन लागुऔषधको ट्रान्जिट प्वाइन्ट बनेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘जिल्ला प्रहरी कार्यालयमा भएका १२० जना थुनुवामध्ये ९० जना लागुऔषध मुद्दाका रहेका छन् । लागुऔषध तथा लागुपदार्थका कारण अन्य विभिन्न प्रकृतिका फौजदारी तथा देवानी अपराधहरुको सृजना समेत भएको छ । शान्त र सुरक्षित समाज निर्माणका लागि आमसमुदाय, प्रहरीको सहकार्य र समन्वय आवश्यक रहेकोले नागरिकका तर्फबाट सही सूचना सहितको सहयोग आवश्यक छ ।’

पूर्वप्रहरी निरीक्षक सन्तोष पन्तको संयोजनमा सञ्चालन भएको कार्यक्रममा वडा नम्बर १२ का जनप्रतिनिधिहरु, २३ वटा टोल विकास ंसंस्थाका दुई–दुई जना प्रतिनिधिहरु र अन्य वडावासीहरु गरी ६० जना सहभागी रहेका थिए । उक्त कार्यक्रममा वडा अध्यक्ष पन्तले वडा नम्वर १२ को लागुऔषध अपराधको अवस्था र केही सामाजिक विकृतिका बारेमा समेत चर्चा गर्दै प्रहरीको सुक्ष्म गस्ती, निगरानी र घटित अपराधको सफल अनुसन्धानका लागि प्रहरीलाई अनुरोध गरेका थिए । कार्यक्रममा सहभागीले सिकेका ज्ञान र सीपबाट टोलबासीहरुमा जागरण अभिवृद्धि गर्ने कुरामा विश्वास गर्दै सहभागीलाई पाठ्य सामग्रीसहित सहभागिताकोे प्रमाण–पत्र समेत बितरण गरिएको थियो ।

वडा सदस्य जमुना ढुंगानाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवन जिल्लाको लागुऔषध तथा लागुपदार्थ दुव्र्यसन र यसको प्रयोगबाट उत्पन्न भएका अपराधहरुको बारेमा अभिमुखीकरण गरेकी थिइन् । त्यस्तै, कार्यक्रममा अधिवक्ता रामनाथ घिमिरेले लागुऔषध नियन्त्रण ऐन–२०३३ को व्यवस्थाका सम्बन्धमा सहजीकरण गरेका थिए । उद्घाटन सत्र र प्रशिक्षण सत्र गरी दुई चरणमा विभाजित उक्त कार्यक्रममा संयोजक तथा प्रशिक्षक सन्तोष पन्तले सहभागीहरुको पूर्वमूल्याङ्कन, पृष्ठपोषण संकलन र लागूऔषध तथा लागूपदार्थको परिचय, प्रकार, मानव स्वास्थ्य तथा समाजमा गर्ने हानी, नेपालको विद्यमान अवस्था, दुव्र्यसनमा पर्नाका कारण र आफ्नो घरपरिवार र समाजलाई दुव्र्यसन मुक्त गर्न अवलम्बन गर्नुपर्ने भूमिकाका सम्बन्धमा सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी राजेन्द्रप्रसाद पोखरेलले कार्यक्रम फलदायी भएकोले टोलस्तरमा पनि सञ्चालनका लागि माग गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>