Breaking News

रास्वपासँग गृहमन्त्रीको प्रतिबद्धता- योमात्रै होइन, सबै भ्रष्टाचार र कमिसनको चलखेल तोड्छौँ

Banner

काठमाडौंं,जेठ ५- 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तिम किनारामा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन्। भुटानी शरणार्थी प्रकरण सम्बन्धी सङ्कल्प प्रस्तावका लागि रवि लामिछाने नेतृत्वको रास्वपाको ज्ञापनपत्र बुझ्दै उनले दोषिलाई कारवाही गर्ने बताए ।

उनले भने, ‘आफ्नो देशको नागरिकलाई अनागरिक बनाएर अर्को देशको शरणार्थी बनाएर विदेश पठाउने योजना बनाउने पैसा कमाउने धन्धा भएको छ । यो सामान्य ठगी होइन । हाम्रो देशको छविलाई कमजोर पारेको छ । अनुसन्धान जारी रहेकाले नैतिक र कानुनी रुपले सबैकुरा भन्नसक्ने स्थितीमा छैन । कोही निर्दोष पर्दैनन्, कोही दोषीलाई छाड्दैनौँ ।’

उनले भने, ‘हामीसँग समय कम छ। अनुसन्धान प्रक्रियालाई २४ घण्टै अगाडि बढाउँछौं । कुनै प्रकारको राजनीतिक वा अवान्छित प्रभाव नपर्ने कानुनको आधारमा तथ्य र प्रमाणको आधारमा टुंग्याउन प्रहरीलाई निर्देशन दिइसकको छु ।’

उनले यो प्रकरणलाई टुंग्यायर यसबाहेक भ्रष्टाचार र कमिसनको चलखेललाई अन्त्य गर्न प्रतिबद्ध रहेको जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>