चितवन विशेष

चितवनमा ‘आयो’ एपबाट बाइक र अटो बोलाउन सकिने,प्रति किलोमिटर १८ रुपैंया

Banner

चितवन,जेठ ३-

चितवनमा मोबाईल एप ‘आयो’ प्रयोग गरेर बाइक र आटो बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । भरोसा नेटवर्किङ प्रालिले चितवनमा ‘आयो’ एप मार्फत बाइक र अटो सेवा सुरु गरेको हो । आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरेर चितवनमा सुरु गरिएको सेवाबारे जानकारी दिइएको छ ।

कम्पनीले चितवन र काठमाडौंमा एकसाथ सेवा सुरु गरेको हो । सेवा सुरु गरेको दुई महिनाको अवधिमानै हजारौंले ‘आयो’ एप मार्फत सेवा लिएको बजार प्रमुख नेत्र किँरातीले जानकारी दिनुभयो । उहाँले दुई महिना अघि काठमाडौंमा र एक महिना अघिदेखि चितवनमा सेवा दिन थालिएको बताउनुभयो ।

सुरुवातको चरणमा ४७५ वटा बाइक र १२५ वटा अटोले जिल्लामा सेवा दिन थालेको कम्पनीले जनाएको छ । ‘एक महिनाको अवधिमा जिल्लामा २७ सय बढिले सेवा लिइसक्नुभएको छ,किँरातीले भन्नुभयो’,यात्रुहरुले आजै एप डाउनलोड गरेर सेवा लिन सक्नुहुनेछ ।’ यात्रुले एपमा गएर सवारी छनोट गरेपछि आफ्नो गन्तव्यसम्मको भाडादर समेत थाहा पाउने उहाँले बताउनुभयो । ‘चितवनमा ‘आयो’ को सेवा सुरु गर्नु भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । यसले यात्रु र चालक दुवैलाई राम्रो अवसर प्रदान गर्ने छ,उहाँले भन्नुभयो ।’

यात्रु, चालक र सवारी साधनका लागि कम्पनीले विमा समेत गरेको छ । यात्रुले सवारीसाधन बुक गरेको १० मिनेट भित्र सेवा प्राप्त गर्ने किँरातीले बताउनुभयो । ‘आयो’ को सेवा २४ सै घण्टा संचालन हुनेछ । प्रोमो कोड आयो ५५ प्रयोग गरी पहिलो पाँच राइड सम्म ७० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । पाँच राइड पछि प्रोमो कोड चितवन २५ प्रयोग गर्दा प्रत्येक राइडमा २५ प्रतिशत छुट पाइनेछ । भाडदर बाइकको प्रतिकिलोमिटर १८ रुपैंया तोकिएको छ । कम्पनीले यो सेवा देशैभर विस्तार गर्ने योजनाका साथ काम गरिरहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>