Breaking News

रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ: एलिजा गौतम

Banner

काठमाडौं, जेठ ३-

रेशम चौधरीलगायत टीकापुर घटनाको मुद्दामा हिजो सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला नै सदर गरेसँगै नागरिक उन्मुक्ति पार्टीका एक हुल व्यक्तिहरु माइतीघर मण्डलामा पुगेका छन् । यसै हुलको केन्द्रमा पुगिन् नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य तथा पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम । उपस्थित सञ्चारकर्मी र युट्यूवरको आकर्षणमा उनी परिहालिन् ।

एलिजाले पनि आफू लाइनलाइटमा आउने अवसर किन खेर फाल्थिन् । उनले सर्वोच्चको फैसलाविरुद्ध चर्को अभिव्यक्ति दिइन् । रेशम चौधरी नछुटेको खण्डमा देशमा आगो लाग्ने घोषणा गरिन् । ‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ,’ धमलापत्नीले भनिन्, ‘अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा ।’

सञ्चारकर्मीले उनलाई सोधे, ‘उक्त घटनाका मृतकका परिवारलाई पनि त्यस्तै पीडा भएको थियो होला नि त? ’यो प्रश्नको जवाफ एलिजाले दिन सकिनन् । उनीसँगै रहेका कार्यकर्ताले बोले ।

उनले भने, ‘यो आन्दोलन हो साथी । तपाईंहरु ‘घटना’ नभन्नुस । टिकापुर घटना होइन, आन्दोलन हो । १७ हजार मारिँदा उनीहरुको चाहीँ परिवार थिएन?’

धमलापत्नीले आफूहरु यतिञ्जेल देशमा कानून छ भनेर चुप लागेर बसेको बताइन् । स्मरणीय छ कि धमलापत्नी एलिजा गत माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् । उनी सो पार्टीका तर्फबाट एकपटक शीर्ष नेताहरुको बैठकमा समेत भाग लिन पुगेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>