Breaking News

मदन भण्डारी हत्याको सत्यतथ्य बाहिर आउनेछः केपी ओली

Banner

काठमाडौं,जेठ ३-

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याबारे समयक्रममा सत्यतथ्य बाहिर आउने बताएका छन् । मंगलबार मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । “मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँहरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो । नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर,” ओलीले भने, “यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।”

उनले देश बनाउने संकल्प बोकेर हिँडेका नेताहरू गुमाएको दिनका रूपमा यस दिनलाई स्मरण गरे । ओलीले भण्डारीको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना अधुरै रहेको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>