Breaking News
रेशम चौधरीलाई सर्वोच्चबाट पनि जन्मकैदको फैसला
०

काठमाडौं,जेठ २-
रेशम चौधरीलगायत टीकापुर घटनाको मुद्दामा सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला नै सदर गरेको छ। यससँगै टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्ली बजार जेलमा सजाय काटिरहेका रेशम रिहा हुने सम्भावना सकिएको छ।
दुवै पक्षको बहस र जवाफी बहस सकिएसँगै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो फैसला दिएको हो। यस मुद्दामा जोडिएका गंगाराम चौधरी र सीताराम चौधरीलाई भने सर्वोच्चे सफाइ दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























