राजनीति
शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै प्रहरी कार्यालय पुगेका पूर्वसांसद शेर्पा बाथरूममा लडे, टाउकोमा चोट
०

काठमाडौं, जेठ २-
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै आफैं परिसर पुगेका पूर्वसांसद आङटावा शेर्पालाई बाथरूममा लडेर चोट लागेको छ। परिसर प्रवक्ता एसपी सीताराम रिजालले का अनुसार सोमबार आफैं जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका शेर्पालाई चोट लागेको हो ।
रिजालका अनुसार उनी राति बाथरूम जाँदा लडेर टाउकोमा चोट लागेको हो। चोट लागेपछि उपचारको लागि वीर अस्पताल लगिएको थियो। राति नै उपचार गरेर उनलाई परिसर फिर्ता ल्याइसकेको उनले बताए।
‘बाथरूममा लडेर सामान्य चोट लागेको छ। सोधपुछको लागि हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘उहाँसँग सोधपुछ गर्ने काम सकिएको छैन।’ आज उनीसँग थप सोधपुछ हुने एसपी रिजालले बताए।
शेर्पा २०७० को संविधान सभामा नेपाली कांग्रेसबाट सभासद थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























