चितवन विशेष

अनेरास्ववियु चितवन संयोजकको जिम्मेवारी हरि आचार्यलाई

Banner

चितवन, जेठ १-

एमाले निकट अनेरास्ववियु चितवन जिल्ला संयोजकको जिम्मेवारी हरि आचार्यले पाएका छन् ।

जिल्लाका संयोजक प्रकाश कालाखेतीले आफू अन्य काममा व्यस्त हुनुपर्ने भएपछि आचार्यलाई संयोजकको जिम्मेवारी तोकेका हुन् । यसअघि आचार्य अनेरास्ववियु जिल्ला सहसंयोजक रहेका थिए ।

बाग्लुङको जैमिनीमा जन्मिएका आचार्यले सप्तगण्डकी बहुमुखी क्याम्पसमा अखिल फोर्सको संयोजक हुँदै विद्यार्थी राजनीति सुरु गरेका हुन् । त्यसपछि उनी अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटी सचिव हुँदै अध्यक्षसमेत भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>