कालिका

राष्ट्रिय युवा संघ कालिका नगर कमिटीद्वारा सिद्धीमा खाद्यान्न र स्टेशनरी बितरण

Banner

चितवन, जेठ १-

राष्ट्रिय युवा संघ कालिका नगर कमिटीले कालिका–१० सिद्धीमा खाद्यान्न र स्टेशनरी बितरण गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा कमिटीले सिद्धि छात्राबासका ५० चेपाङ विद्यार्थीहरुलाई ४० हजार बराबरको खाद्यान्न र स्टेशनरी सामग्री बितरण गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटी अध्यक्ष जीवन थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कृष्णबहादुर प्रजा र राष्ट्रिय युवा संघ नेपाल बाग्मती प्रदेश सदस्यहरू सन्देश राई, केशब खड्का र राष्ट्रिय युवा संघ नेपाल चितवनको सचिव झलकराज भट्ट र युवा संघ कालिका नगर कमिटीको संस्थापक अध्यक्ष पूर्ण महतो (निशान) को सहभागिता रहेको थियो । त्यसैगरी युथफोर्स बागमती प्रदेश सदस्यहरू नमन काफ्ले, सुजना मल्ललगायत राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला सदस्यहरु अजय लामा, गोबिन्द लामा,देवा लामा  रहेको राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटी संस्थापक अध्यक्ष निशानले नारायणी अनलाइनलाई जानकारी गराए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>