चितवन विशेष

नारायणगढको बालकुमारी माविलाई १० थान पङ्खा सहयोग

Banner

चितवन, वैशाख ३१-

अधिकृत व्यवसायी संघ चितवनले नारायणगढको बालकुमारी उच्च माध्यमिक विद्यालयलाई १० थान पङ्खा सहयोग गरेको छ ।

अधिकृत व्यवसायी संघका अध्यक्ष नारायण प्रधानले बालकुमारी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रधानलाई उक्त पङ्खाहरू हस्तान्तरण गरेका हुन् ।

बढ्दो गर्मीमा विद्यार्थीलाई पठनपाठनमा सहज होस् भनी कक्षा कोठा र कार्यशालाहरूमा जडान गर्न पङ्खा सहयोग गरिएको संस्थाका अध्यक्ष नारायण प्रधानले बताए । अधिकृत व्यवसायी संघ चितवनले नारायण प्रधानको नेतृत्वमा गठन भएको कार्यसमितिले सामाजिक कार्यमा समेत संघलाई अगाडि बढाएकोमा संस्थाका संस्थापक अध्यक्ष पवनकुमार पियाले प्रशन्नता व्यक्त गरे ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रधानले विद्यार्थीको पठनपाठनमा सहजता प्रदान गर्न संघद्वारा प्रदान गरिएको सहयोगको लागि विद्यालयको तर्पmबाट आभार प्रकट गरे ।

गर्मीमा विद्यार्थीहरूले खलखल पसिना चुहाएर पढ्नुपर्ने बाध्यतालाई संघले प्रदान गरेको पङ्खा सहयोगले राहत मिल्ने सहायक प्रधानाध्यापक मीना पोखरेलले बताइन् । संघका महासचिव मनोज रौनियारले सञ्चालन गरेको उक्त कार्यक्रमका संयोजक राहुल अग्रवाल थिए ।

कार्यक्रममा संघका पूर्वअध्यक्षहरू प्रद्युम्न सापकोटा, जिवनाथ पौडेल, निवर्तमान अध्यक्ष रवि श्रेष्ठ, सल्लाहकारहरू बद्रीलाल प्रधान र श्रवण रेग्मी, उपाध्यक्ष रामजी घिमिरे, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ ‘राजु’,सह–सचिव कुलप्रसाद अधिकारीलगायत सदस्यहरू निरेश सिंह, निर्मल ढकाल, नितेश महेश्वरी, मनोज न्यौपाने, श्रीरामतिवारी र उद्धव अधिकारीको उपस्थिति रहेको विज्ञानलाल श्रेष्ठले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>