चितवन विशेष

बोष्टन इन्टरनेशनल कलेजलमा वित्तीय क्षेत्रको भविष्यबारे उद्यमीसँग अन्तरक्रिया

Banner

चितवन, वैशाख ३१-

भरतपुरको हाकिमचोकमा रहेको बोस्टन इन्टरनेशनल कलेजले चितवनका व्यवसायीसँग ‘व्यवसायिक प्रगति र वित्तीय क्षेत्रको भविष्य’ विषयमा अन्तरक्रिया भएको छ ।

कलेजले एमबीए र बीबीएका विद्यार्थीहरुमा व्यवसायिक क्षमता र सिपको विकास गर्न शनिबार सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा भारतको बहुर्राष्ट्रिय कम्पनी हिरो इन्टरप्राइजका वित्तीय अध्यक्ष जोगेन्द्र सिंहले आफ्नो ३० वर्षे व्यावसायिक अनुभवका आधारमा आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए । उनले भारतलगायत अन्य विकसित देशमा उद्यमशिलताले ल्याएको व्यावसायिक हलचल र नेपालका उद्योगीहरुले त्यसबाट लिनसक्ने शिक्षाका बारेमा विस्तृत चर्चा गरेका थिए ।

कार्यक्रममा उद्योग क्षेत्रलाई प्रतिनिधित्व गर्दै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले संघले गरेका कामहरु र नेपालको उद्योग व्यावसायको अहिलेको अवस्थाबारे आफ्नो मन्तब्य व्यक्त गरेका थिए । त्यस्तै रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष राजु पौडेलले आफ्नो क्लब र उनी आवद्ध संघसस्थाहरुले समाजसेवाको क्षेत्रमा गरिरहेका उल्लेखनीय कामहरुलाई संक्षिप्तमा प्रस्तुत गरेका थिए । साथै नारायणगण जेसीजबाट आशिश ढकालले जेसीजले यो वर्ष ‘उद्यमशिलतामा युवाहरु’ भन्ने नाराका साथ सञ्चालन गरेको अभियानका बारेमा प्रस्ट पार्दै जेसीजका अन्य गतिविधिहरुको बारेमा पनि संक्षेपमा मन्तव्य राखे । ढकाल ‘उद्यमशिलता विकास निर्देशक’को भूमिकामा नारायणगण जेसीजमा आबद्ध छन् । कार्यक्रममा भारतका प्राध्यापक तथा व्यावसायहरुमा कन्सल्ट्यान्टको रुपमा कार्यरत प्रा.डा. मस्कुर जाफरले पनि छोटो मन्तव्य राखेका थिए ।

कार्यक्रममा समापन मन्तव्य राख्दै बोष्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले बोष्टन कलेजले ‘सामाजिक उत्तरदायित्व’ बहन गर्दै यसखालको कार्यक्रम आयोजना गरेको बताए । उनले यो कार्यक्रममार्फत उद्योगी व्यावसायीलाई सकारात्मक उर्जा तथा ज्ञानदिने प्रयत्न गरेको विचार राखे । उनले भने, ‘यसरी विदेशमा ठूलै ओहोदामा पुगेका प्रतिष्ठित व्यक्तित्वहरुलाई ल्याएर विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा साथै एक्सपोजरको अवसर दिने कुरामा हामीले अथक मेहनत गरिरहेका छौं ।’ उनले उद्योग क्षेत्र र शैक्षिक क्षेत्रबीचको सहकार्यको सदैव अपेक्षा रहने कुरा पनि व्यक्त गरे । कार्यक्रममा चितवनका प्रतिष्ठित उद्योगी व्यवसायी, विशिष्ट अतिथिहरु, प्रतिनिधिहरु, संकाय सदस्यहरु तथा विभिन्न सञ्चारमाध्यमका महानुभावहरुको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>