देश/प्रदेश

घनश्याम भुसालले भनेः औचित्य नभए एकीकृत समाजवादी पार्टी विघटन गरे हुन्छ

Banner

काठमाडौं, वैशाख ३०-

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले विभाजनको औचित्य पुष्टि गर्न लाग्नुपर्ने बताएका छन् ।

नेकपा एसको उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीविरुद्ध लडेकाहरूले पार्टी विभाजनको औचित्य पुष्टि भइसकेको उल्लेख गरे।
गएको निर्वाचनमा बाँकी औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ । संसद् र संविधान आफूहरूले जोगाएको बताए ।

नेता भुसालले भने, ‘ओलीले कम्युनिस्ट पार्टीदेखि संसद्सम्म विघटन गरे । ओलीको समर्थक को हुन किन यसो गरे भन्ने कुरा इतिहास भरी खोजी भइरहन्छ । त्यसैले औचित्यमाथि प्रश्न उठाउने होइन । अर्को कोणबाट छलफल गरौँ । मैलै अन्त पनि भन्न गरेको छु औचित्य छैन भने यो समाजवादी पार्टी विघटन गरौँ । मार्क्स र क्रान्तिकारीहरूले औचित्य नभएको कुरा बोकेर हिँड्नु हुन्छ ? औचित्य छैन भने यो समाजवादी पार्टीमा लाग्नु हुँदैन । सल्लाहले नै छाड्दै हुन्छ ।’
उनले अहिले सत्यलाई असत्यले हराइराखेकाले क्रान्तिकारीहरू घरमा बस्न नहुने बताए । इतिहासको सबैभन्दा ठूलो सम्भावना गुमाएर ओली र ओली गुटले गरेको आरोप लगाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>