चितवन विशेष

रत्ननगरमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नेबारे छलफल

Banner

चितवन, वैशाख ३०–

चितवनको रत्ननगरमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नेबारे छलफल भएको छ ।

रत्ननगर–१० मा रहेको न्यू स्पिडी इङलिस बोर्डिङ स्कुलमा विद्यालयका अभिभावक र शिक्षकबीच विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा शनिबार छलफल भएको हो ।

छलफलमा आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ । विद्यालयको शैक्षिकस्तर, जनशक्ति व्यवस्थापन र शैक्षिक संस्थाको दायित्वबारे छलफल भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लीराम पोखरेलले नारायणी अनलाइनलाई बताए ।

पोखरेलले पहिलेको भन्दा अहिले यस विद्यालयमा शिक्षाको गुणस्तरमा धेरै भन्दा धेरै सुधार आएको दाबी गरे । उनले विद्यार्थीको सिकाइप्रति यस विद्यालयले सधै चासो र चिन्ता लिने गरेकाले शैक्षिकस्तरमा राम्रो उन्नति र प्रगति हुँदै गइरहेको उनको भनाइ छ । विद्यार्थीलाई पठाइसँगसँगै प्रयोगात्मक शिक्षण सिकाइमा विशेष जोड दिइरहेको उनले बताए । विद्यालयका प्राचार्य अर्जुनबहादुर थापाले विद्यार्थीलाई स्कुल बाहेक घरमा पनि पढ्न मिल्ने वातावरण सृजना गरिदिन अभिभावकलाई आग्रह गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>