Breaking News

खाँण पक्राउ पर्नुमा र टोपबहादुर निलम्बन हुनुमा हाम्रो भूमिका छः रवि लामिछाने

Banner

काठमाडौं,बैशाख ३०-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरुको भूमिका रहेको बताएका छन् । शनिबार भ्रष्टाचारविरोधी प्रदर्शनमा सहभागी हुन नक्सालस्थित नारायणचौर पुगेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण अन्य दलहरु दबावमा परेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गत महिना लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको थियो । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुमा र नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुमा आफूहरुको भूमिका रहेको बताए ।

‘केही दलले नाम आएका आफ्ना पदाधिकारीलाई र नेतालाई निष्कासन गर्‍यो भन्ने सुन्यौं नि त । हिजोको परिवेश यस्तो थियो त ?’ लामिछानेले प्रश्न गरे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा उदयले घण्टी त बज्यो नि ।’ विगतमा दलहरुले दलहरुले भ्रष्टाचारका पुराना फाइलहरु थाती राखेको भन्दै अब त्यो सम्भव नहुने लामिछानेले बताए । ‘हामीले त सुन्नेवित्तिकै कारबाही ग¥यौं, ७२ घण्टाभित्र साधारण सदस्य पनि नरहने गरी निष्कासन ग¥यौं, केही दलहरु छन्, वर्षौ पुराना भ्रष्टाचारका पुराना फाइल टन्न थाती राखेर धुलो लगाएर राख्छन् । अनि संरक्षण गर्छन्’ उनले भने । नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि कानुनी मात्र नभई व्यवहारिक रुपमा नै निष्कर्षमा पु¥याउनुपर्ने लामिछानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>