चितवन विशेष
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई बच्चा मृत भेटिए
०

चितवन, वैशाख २८-
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् । निकुञ्जले दिएको जानकारी अनुसार वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो ।
खाग नपलाएको गैंडाको बच्चाको १२ वटा खुर भने सुरक्षित रहेको निकुञ्जले बताएको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ । यस्तै, वैशाख २७ गते सौराहा सेक्टरको राप्ती नदी क्षेत्रको पटना भन्ने ठाउँमा साढे २ बर्षको भाले गैंडाको बच्चा मृत फेला परेको छ ।
प्राकृतिक कारणले मरेको दावी गरिएको गैंडाको खाग र खुर सुरक्षित छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























