राजनीति
जीवनपद्धति र संस्कृतिका रूपमा आत्मसाथ गर्न सक्नुपर्छ: नारायणकाजी श्रेष्ठ

काठमाडौं, वैशाख २८-
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानलाई एक दुई दिने अध्यासका रूपमा नलिई जीवनपद्धति र संस्कृतिका रूपमा आत्मसाथ गर्नुपर्ने बताएका छन् । एपीएफ रंगशालमा योग विज्ञान शिविरमा सहभागी हुँदै उनले योगलाई एक दुई दिने अध्यासका रूपमा नलिई जीवनपद्धति र संस्कृतिका रूपमा आत्मसाथ गर्नुपर्ने बताएका हुन् ।
योगले समाजलाई सकारात्मक रूपमा रूपान्तरण गरी आ–आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो प्रभाव तथा परिणाम ल्याउन र मानव स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउने बताए ।
योग आफैमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएकाले वैज्ञानिक र व्यवहारिक रहेको जसले आत्म अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जिउन प्रेरित गर्ने उनले बताए ।
श्रेष्ठले गृह मन्त्रालय अन्तर्गत गृह प्रशासन तथा सुरक्षा निकायहरूमा योग र ध्यानलाई नियमित गर्ने गरी योग शिविरहरू सञ्चालन गर्नुका साथै यसलाई नियमित प्रशिक्षण तथा अभ्यासका रूपमा अगाडी बढाइने समेत बताए ।























