स्वास्थ्य

घट्यो कोरोना संक्रमण

Banner

काठमाडौं, वैशाख २८–

कोरोना भाइरसको संक्रमण घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५०५ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले संक्रमण घट्ने क्रममा रहेको बताए। ‘भारतमा पनि संक्रमण घट्न थाल्यो। नेपालमा खोपको प्रभाव देखियो’, उनले भने, ‘समुदायमा खोप लगाएकाको संख्यामा धेरै भएकाले संक्रमण फैलिन पाएन।’

एक हप्ताको तथ्यांक हेर्दा कोरोना भाइरस संक्रमण घटेको पाइन्छ। यही वैशाख २१ गते ४३ जना, २२ गते १७ जना, २३ गते ७६ जना, २४ गते ३२ जना, २५ गते ५७ जना र २६ गते ५१ जनामा संक्रमण देखिएको थियो।

मन्त्रालयको पछिल्लो विवरणअनुसार देशमा हाल १४१ जना सक्रिय संक्रमित छन्। यस्तै १४ जना आइसोलेसन, पाँच जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। गत चैतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेपछि संक्रमण बढेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>