Breaking News

गृहमन्त्री श्रेष्ठले भनेः शरणार्थी प्रकरणमा जो दोषी देखिन्छ, त्यसलाई प्रहरीले छोड्दैन

०
Banner

काठमाडौं, वैशाख २७–

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले जसलाई दोषी देखाउँछ त्यसलाई प्रहरीले नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको छ,’ सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ । अनुसन्धानले माग गर्ने हदसम्म विभिन्न व्यक्तिहरू तानिनुभएको छ ।’

गृहमन्त्री श्रेष्ठले निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पु¥याउन लागिपरेको बताउँदै भने, ‘अनुसन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन ।’ श्रेष्ठले आज शीर्ष नेताहरुसँग आफ्नो भेट नभएको र हिजो बालुवाटारमा भएको बैठकमा शीर्ष नेताहरुसँग अनुसन्धानमा सहयोग पु¥याउन आग्रह गरेको बताए । ‘आज मेरो विपक्षी दलका नेतासँग भेट भएन,’ उनले भने, ‘उहाँहरूको फरक विषय संसद र संवैधानिक समितिसम्बन्धी विधेयक र शान्ति प्रक्रियाबारे कुरा थियो ।’

गृहमन्त्री श्रेष्ठले पूर्वमा भएको आक्रमणका सन्दर्भमा कुराकानी आफूले केही दिन एमाले अध्यक्ष केपी ओलीलाई निवासमै भेटको र नक्कली शरणार्थी प्रकरणको छानबिनमा सहयोग मागेको समेत जानकारी दिए । ‘उहाँ पूर्वमा हुँदा आक्रमण प्रयास भयो, मैले दुःख प्रकट गर्न र सुरक्षा गर्न प्रतिबद्ध छौं भनेर फोन गरेर काठमाडौं आएपछि भेट्छु भनेको थिएँ,’ श्रेष्ठले भने, ‘त्यसपछि मैले उहाँलाई केही दिनअघि निवासमै गएर भेटेँ । अनुसन्धानमा सहयोग र आडभरोसाको माग गरेँ । उहाँले दोषी नछुट्नेगरी र निर्दोष नफस्नेगरी काम गर्न भन्नुभयो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>