क्रिकेट

एकदिवसीय विश्वकप क्रिकेटः नेपालसहित १० देशको लाग्यो टुङगो

Banner

काठमाडौँ, वैशाख २७-

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेल्ने नेपालसहित सबै १० देशको टुंगो लागेको छ ।

आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोटमा सहभागी हुने १० देशको टुंगो लागेको हो । विश्वकप छनोट खेल्ने १० टोलीमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेका छन् । विश्वकप छनोट खेल आउँदो जुन १८ तारिखदेखि जुलाई ९ सम्म जिम्बावेमा हुँदैछ ।

सुपर लिग अन्तर्गत शृंखलाको पहिलो खेल वर्षाका कारण रद्द भएपछि बंगलादेशसँग अंक बाँडेको आयरल्यान्डले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो ।

सुपर लिगमा सहभागी श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्सले यसअघि नै विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ ।

त्यसमा अब आयरल्यान्ड पनि थपिएको छ । १३ देश सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भएका छन्।

यसमा दक्षिण अफ्रिका थपिएको छ । विश्वकप छनोटमा लिग २ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् ।

विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>