Breaking News

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको भन्दै प्रधानमन्त्रीलाई रविको प्रश्न- एउटै फाइलले ज्वरो निकाल्यो ?

Banner

काठमाडौं, वैशाख २७-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको भन्दै प्रश्न उठाएका छन् । उनले फेसबुकमा स्टाटस् लेख्दै शीर्ष नेताहरूको तीव्र भेटघाटले अनुसन्धान फितलो बन्दै गएको आशंका व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘शीर्ष नेताहरूको तीव्र भेटघाट, फरार (गराइएका)अझै सम्पर्क विहीन, नाम आएकाहरुमाथिको अनुसन्धान फितलो खबरदार !’

लामिछानेले अनुसन्धानको लहरो ठूला नेता र उनीहरूका सन्तानतर्फ अगाडि बढे पनि त्यतिकै छाडिए हेरे नबस्ने चेतावनी पनि दिएका छन् ।

उनले भनेका छन्, ‘यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !’

हेर्नुहोस् उनको फेसबुक स्टाटस्ः

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>