चितवन विशेष

कँडेल आत्महत्या दुरुत्साहनका आरोपितलाई पक्राउ गर्न माग गर्दै चितवन प्रशासनमा ज्ञापनपत्र

Banner

चितवन, वैशाख २६-

चितवनको प्रतिष्ठित पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या दुरुत्साहनका आरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले माग गरेको छ ।

मञ्चले आज चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

ज्ञापनपत्रमा कँडेललाई आत्महत्याको निर्मम निर्णय लिन बाध्य पार्ने परिवारबाट आत्महत्या दुरुत्साहनको किटानी जाहेरीमा उल्लेख गरिएका व्यक्तिहरुलाई पक्राउ गरी कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरिएको छ । संघ यस घटनाबाट मर्माहत भएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै ज्ञापनपत्रमा परिवारजनमा हार्दिक समवेदना पनि प्रकट गरिएको छ ।

त्यसैगरी संघले देश आर्थिक मन्दीले आक्रान्त बनेको भन्दै उद्योगी व्यवसायीले आत्महत्याको बाटो रोज्न बाध्य भइरहेको अवस्थामा यस्ता घटना दोहोरिन नदिन विभिन्न सरोकारवाला निकायहरुको ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराएको छ ।

त्यस्तै संघले व्यवसायीहरुको घरभाडा दरलाई अधिकतम् घटाई व्यवसायी टिक्ने र घर तथा सटर खाली नहुने बातावरण पनि सिर्जना गर्न ज्ञापनपत्रमा संघले माग गरेको छ । व्यवसाय सामान्य अवस्थामा नआउदासम्म व्यवसायीबाट लिने व्यवसाय कर, घरधनीबाट लिने घरबहाल करमा अधिकतम छुटको माग पनि संघले गरेको छ । संघले ज्ञापनपत्रको बोधार्थ जिल्ला समन्वय समिति चितवन, भरतपुर महानगरपालिका र सबै स्थानीय तहहरुलाई बुझाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>