चितवन विशेष

चितवनमा प्लास्टिक व्यवसायी संघको दुई वर्षे कार्ययोजना गोष्ठी

Banner

चितवन, वैशाख २६-

प्लास्टिक व्यवसायी संघ चितवनको कार्ययोजना गोष्ठी सोमबार सकिएको छ ।

भरतपुर महानगरपालिका–२९ को अशोका रिर्सोटमा भएको गोष्ठीमा प्लास्टिक व्यवसायी संघ चितवनले आगामी दुई वर्षे कार्यकालमा गरिने कार्यक्रमहरुलाई लिपिबद्ध गरेको हो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले वर्तमान जटिल परिस्थितिमा उद्यम व्यवसायलाई बचाउँदै आर्थिक गतिविधि गर्न अनुरोध गर्दै प्लास्टिक व्यवसायी संघले आयोजना गर्ने कार्यक्रममा उवासंघ चितवनले सहकार्य गर्ने बताए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०\२०८१ को बजेटले व्यवसायीका समस्या समाधानका लागि सम्बोधन गर्ने अपेक्षा गरिएको बताउँदै संघले सो सम्बन्धमा आवश्यक राय सुझाव नेपाल सरकारलाई पठाइ सकेको बताए ।

सोही कार्यक्रममा प्लास्टिक व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष अरुणकुमार पियाले संस्थाको स्थापनाकालदेखि अहिलेसम्मको अनुभव उल्लेख गर्दैै व्यवसायीहरुले नाफा घाटाको मात्र कार्य नगरी सामाजिक उत्तरदायित्वका कार्यहरु गर्नुपर्ने बताउँदै गोष्ठीको सफलताको कामना गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष एवम् प्लास्टिक व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष राजेन्द्र ओलीले कार्ययोजना तर्जुमा गोष्ठीको बारेमा जानकारी गराउँदै उनले प्लाष्टिक व्यवसायी संघ चितवनको उद्देश्यको बारेमा जानकारी गराएका थिए ।

कार्ययोजना तर्जुमा गोष्ठीमा उवासंघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा स्रोत व्यक्ति केसीले कार्ययोजना तर्जुमा गनुपर्ने कारण र कार्ययोजना गर्ने तरिका, कार्ययोजना गराएर काम गर्दा संघको विधानमा उल्लेखित उद्देश्य पूरा गर्न सकिने बताए । कार्ययोजना गोष्ठीमा उद्योग वाणिज्य संघ–चितवका कार्यक्रम अधिकृत गणेश सुवेदीले सहयोग गरेका थिए ।

कार्यक्रममा प्लास्टिक व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष केदार श्रेष्ठ, प्लाष्टिक व्यवसायी संघ चितवनका सल्लाहकार मुरारी ओली, प्लास्टिक व्यवसायी संघ चितवनका पदाधिकारी, कार्यसमिति लगायतको उपस्थिति रहेको उक्त कार्ययोजना तर्जुमा गोष्ठी प्लास्टिक व्यवसायी संघका अध्यक्ष दिपक काफ्लेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उपाध्यक्ष टेकलाल विकले धन्यवाद ज्ञापन सहित समापन गरेका थिए । कार्यक्रम संघका सचिव रामकृष्ण दवाडीले सञ्चालन गरेका थिए । कार्यक्रम प्लास्टिक व्यवसायी संघ चितवनको आयोजना एवम् उद्योग वाणिज्य संघ चितवनको सहयोगमा भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>