प्रवास
अष्ट्रेलियाको क्यानबेरामा नेपाली जनसम्पर्क समिति गठन, अध्यक्षमा मल्ल चयन
०

चितवन, वैशाख २५-
अष्ट्रेलियाको क्यानबेराको नेपाली जनसम्पर्क समितिको अध्यक्षमा ललित मल्ल सर्वसम्मत चयन भएका छन् ।
क्यानबेरामा आइतबार भएको भेलाले मल्लको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुरज गिरी र जनक पौडेल, सचिबमा केदार चापागाई, सहसचिब प्रभाकर शाह, अभिषेक अधिकारी कोषाध्यक्षमा अर्जुन ढुंगेल तथा सहकोषाध्यक्षमा अनिल पौडेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा ललित बिष्ट, दिप्त रिजÞवी, शतिश गुरुङ, उषा दवाडी, सुरज ढकाल, सरन न्यौपाने र सबिन कार्की रहेका छन् । यसैगरी समितिको सल्लाहकारमा सुवास पोखरेल र प्रेम रायमाझी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष मल्लले संस्थालाई , निष्पक्ष ,पारदर्शी सबै अटाउन सक्ने गरी भावनात्मक एकता कायमगरी अगाडि लैजाने प्रतिबद्वता ब्यक्त गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>