चितवन विशेष

सीस्टारमा कोरियन भाषा पढेका विद्यार्थी ७५ प्रतिशत पास

Banner

चितवन, वैशाख २३–

भरतपुरको सप्तगण्डकी चोकमा रहेको सीस्टार कन्सल्टेन्सीमा कोरियन भाषा पढेका ७५ प्रतिशत विद्यार्थीले कोरियन भाषा परीक्षा उतीर्ण गरेका छन् ।

कोरियन, जापानिज, कम्प्युटर तथा अंग्रेजी विषयको पढाइ हुँदै आएको शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) सी स्टारले भाषा पास गरेका विद्यार्थीहरुका लागि शुक्रबार विशेष बधाई तथा शुभकामना कार्यक्रम गरेर राम्रो नतिजाको खुसीयाली साटासाट गरेको हो ।

कन्सल्टेन्सीका प्रबन्धक बसन्त पोख्रेलका अनुसार सीस्टारले दैनिक ती घन्टा भाषाको कक्षा सञ्चालन गर्छ । त्यस्तै आफूहरुले तयारी कक्षा सञ्चालनसँगै नमूना प्रश्नहरु हल गराउने र व्याकरणमा आधारित गरेर कक्षा सञ्चालन गरेकै कारण २०२३ को कृषि क्षेत्रको लागि भएको ईपीएस परिक्षामा भर्ना भएको मध्य ७५ प्रतिशत विद्यार्थीले परीक्षा उतीर्ण गरेको उनको दाबी छ ।

२०७२ सालदेखि सञ्चालित यस कन्सल्टेन्सीमा अनुभव प्राप्त दक्ष जापानिज, कोरियन, कम्प्युटर र अंग्रेजी शिक्षकबाट पढाइ हुँदै आएको छ । प्रबन्धक पोखरेल भन्छन्, ‘हामीले स्थापना कालदेखि अहिले सम्म ४०० भन्दा बढी विद्यार्थीलाई कोरिया पढाउन सफल भएका छौँ र हाम्रो नयाँ कक्षाहरु पनि धमाधम सुरु भएको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>