खैरहनी

आज चितवनको तापक्रम ३४ डिग्री पुग्यो

Banner

चितवन, वैशाख २३

चितवनमा आजको तापक्रम ३४ डिग्री पुगेको छ ।

भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांकअनुसार आजको तापक्रम ३४ डिग्री सेल्सियस पुगेको हो ।

न्यूनतम तापक्रम भने २३ डिग्री सेल्सियस रहेको छ । यही वैशाख ५ गते चितवनको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो तर पानी परेसँगै तापक्रम घटेको थियो । हिजो शुक्रबार ३२ डिग्री सेल्सियस रहेको तापक्रम आज एक डिग्री बढेको हो । अहिले मौसम सफा रहेको छ । गएको दुई तीन दिनदेखि पानी परिरहेको चितवनमा हिजोदेखि मौसममा सुधार आएको हो । मौसममा सुधार आएसँगै आज बिहानैदेखि घाम चर्किएको छ । घाम चर्किएसँगै गर्मी केही बढेको छ ।

देशभरको मौसमः

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै ठाउँमा अहिले मौसम सफा रहेको छ ।

गएको शनिबारदेखि लगातार झरी परेको देशका विभिन्न ठाउँमा हिजोदेखि मौसममा सुधार आएको हो ।

आज काठमाडौँमा पानी नपर्ने, तर कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी केही ठाउँमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । ती क्षेत्रका एक-दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने तथा बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । देशका पश्चिमी क्षेत्रको पहाडी क्षेत्रमा दुई÷तीन दिन मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ । प्रि–मनसुनमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना हुने भएकाले चट्याङबाट हुनसक्ने जोखिम बच्न आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन मौसमविद्को सुझाव छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>