Breaking News

व्यवसायी कँडेलको न्यायको लागि चितवनमा चक्काजाम, प्रदर्शनकारीले गरे कांग्रेस सभापति खनालको आलोचना

Banner

चितवन, वैशाख २३-

नेपाली कांग्रेसका नेता तथा पोल्ट्री व्यवसायी शंकर कँडेलको न्यायको लागि भन्दै चितवनमा शनिबार चक्काजाम गरी प्रर्दशन भएको छ ।

व्यवसायी कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ गर्न माग गर्दै नेपाली कांग्रेसले भरतपुरको केन्द्रीय बसपार्कचोकमा प्रर्दशन गरेको हो ।

कांग्रेस चितवनले दोषीलाई पक्राउ गर्न दबाबको लागि दिउँसो एक बजेदेखि दुई बजेसम्म एक घण्टा चक्काजाम गरेका छन् । प्रदर्शनकारीले न्यायको लागि कांग्रेस चितवनले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सभापति राजेश्वर खनालको आलोचना गरेका छन् । सभापति खनाल प्रदर्शन स्थलमा पुग्दा एकछिन धकेलाधकेल पनि भएको छ । खनालले आफू शंकर कँडेलको न्यायको लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर चितवन आएको पनि बताएका थिए ।

शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दका कारण राजमार्गमा सवारी साधन चलेका छैनन् । प्रर्दशनमा उत्रिएका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले चितवन बन्दको आह्वान नगरिएको बताएका थिए । कांग्रेस र कांग्रेस निकटका कुनै पनि संगठनले चितवन बन्दको आह्वान नगरेको भन्ने जानकारी गराएकोले पनि प्रदर्शनकारीहरु कांग्रेस चितवनप्रति आक्रोशित भएका हुन् । कांग्रेसले बन्दमा समर्थन नगरेर दोहोरो चरित्र खेलेको कतिपयको आरोप छ । उनीहरुले शंकर कँडेल प्रकरणमा राजनीति नगर्न पनि चितवन कांग्रेसलाई चेतावनी दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>