Breaking News
व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषित नगर्नुहोस्ः कांग्रेसका नेता खाण
०

काठमाडौँ, वैशाख २३-
पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले ‘ध्यानाकर्षण’ विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या भएको उल्लेख गरेका छन् ।
शनिवार ‘विभिन्न सञ्चारमाध्यममा मेरो बारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको’ ब्यहोराको विज्ञप्ति जारी गर्दै खाणले भनेका छन्–‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’
नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रहेका खाणको नाम समेत तानिएको बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको छ ।
ऋन्
सो प्रकरणमा आफ्नो नाम जोडिएपछि घुमाउरो ढङ्गले खाणले समाचारमा आएका कुराहरूको अस्वीकार गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























