क्रिकेट

उत्कृष्ठ खेलाडी सन्दीप र भीमले किन पाएनन् पारिश्रमिक ?

Banner

काठमाडौँ, वैशाख २३-

नेपाली क्रिकेट टिमका उत्कृष्ठ खेलाडीले पारिश्रमिक पाएका छैनन् । अहिले राष्ट्रिय टिमबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी सन्दीप लामिछाने र भीम सार्कीले पारिश्रमिक नपाएका हुन् ।

नेपाल क्रिकेट संघको ‘सेन्ट्रल कन्ट्र्याक्ट’ ले क्रिकेट खेलाडीलाई पारिश्रमिक दिने गर्छ । तर, सन्दीप र भीम सेन्ट्रल कन्ट्र्याक्टमा नभएको कारण उनीहरुले पारिश्रमिक नपाएका हुन् ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार क्यानले नेपालका प्रमुख क्रिकेट खेलाडीहरुलाई तीन वटा वर्गमा राखेर उनीहरुसँग सम्झौता गर्ने गरेको छ । पछिल्लोपटक गत माघ १८ गते क्यानले खेलाडीको वर्गीकरण गरेको थियो ।

पुरुष टिमतर्फ १८ जनालाई ए, बी र सी ग्रेडमा समेटिएको छ । ग्रेड ए मा ५ जना, बी मा ३ जना र सीमा १० जना खेलाडीहरु रहेका छन् ।
ग्रेड एमा रहेका खेलाडीहरुले मासिक ६० हजार, बीले ५० हजार र सीले ४० हजार मासिक तलव पाउने व्यवस्था छ ।

तर, अहिले राष्ट्रिय टिमबाट खेलिरहेकामध्ये सन्दीप र भीम क्यानको वर्गीकरण बाहिर छन् । उनीहरु फरक फरक कारणले सेन्ट्रल कन्ट्राक्टमा नरहेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>