अपराध

थाइल्याण्ड पठाइदिन्छु भन्दै साढे तीन लाख ठगेको आरोपमा चितवनका महतो पक्राउ

Banner

काठमाडौँ, वैशाख २१-

थाइल्याण्ड पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको बालुवा घर भई काठमाडौंको टोखा बस्ने वर्ष ३१ को नन्दलाल महतो रहेका प्रहरीले जनाएको छ ।
उनले भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि थाइल्याण्ड पठाईदिन्छु भन्दै साढे तीन लाख रुपैयाँ ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको आरोप छ ।

कार्यालयका सूचना अधिकृत तथा प्रहरी उपरीक्षक सोमेन्द्र सिहं राठौरका अनुसार उनले थाइल्याण्ड जानका लागि साढे ३ लाख रुपैयाँ लाग्छ र थाइल्याण्डमा मासिक एक लाख भन्दा बढी तलब हुन्छ भन्ने प्रलोभन देखाइ बुढासँगबाट साढे तीन लाख रुपैयाँ ठगेर बेपत्ता भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

त्यही उजुरीका आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>