Breaking News
वैशाख २८ गते बिहे तय भएकी युवती झुण्डिएको अवस्थामा मृत भेटिइन्
०

काठमाडौं, वैशाख २१
भक्तपुर सूर्यविनायक नगरपालिकामा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।
उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
प्रहरीका अनुसार सूर्यविनायक–७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्का घरको भ¥याङमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सुस्मिताको यही वैशाख २८ गते विवाह तय भएको थियो ।
दक्षिणकाली नगरपालिका–८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने २८ वर्षीय मनोज अधिकारीसँग विवाह तय भएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा ‘आफैँ झुण्डिएकाले पीर नगर्नू’ भन्ने सुसाइड नोटसमेत भेटिएको भक्तपुर प्रहरी प्रमुख एसपी प्रजित केसीले नेपाल प्रेसलाई जानकारी दिए । ‘घटनास्थलको मुचुल्का तयार पारी, जाहेरीलगायतको काम पूरा गरि पोष्टमार्टमका लागि पठाएका छौं । अनुसन्धान भइरहेको छ’, केसीले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























