समाचार

भोलिदेखि १० दिने भारत भ्रमणमा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

Banner

काठमाडौं, वैशाख २१–

पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लागेका छन्।

करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका हुन्।

पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उनको सचिवालयले जनाएको छ। पूर्व युवराज पारस भने निर्मल निवासमै रहने छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लागेका हुन्। ज्ञानेन्द्रले लखनउमै १० दिन बिताउने हो वा नयाँ दिल्लीलगायत अन्य राज्यको पनि भ्रमण गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन।

उनको सम्पूर्ण व्यवस्था मुख्यमन्त्री योगी आदित्यनाथले गर्नेछन्। ज्ञानेन्द्र परिवारको सुरक्षाको जिम्मा भारतको उत्तर प्रदेश सरकारले नै लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>