अन्तर्राष्ट्रिय

भारतको आन्तरिक उड्डयनमा रेकर्ड कायम

Banner

भारत, बैशाख २०-

भारतको आन्तरिक उड्डयन क्षेत्रमा नयाँ रेकर्ड कायम भएको छ । एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गरे पछि भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम भएको हो । गत आइतबार अर्थात ३० अप्रिलका दिनमा ४ लाख ६६ हजार ८२ यात्रुले हवाई उडान गरेका छन् । यससँगै आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिले हवाई यात्रा गरेको नयाँ कीर्तिमान बनेको हो ।

२ हजार ९ सय ७८ उडानमार्फत यो नयाँ रेकर्ड कायम हुन सकेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले जानकारी दिएका छन् ।

इन्टरनेस्नल एअर ट्रान्सपोर्ट एसोसिएसन ९आईएटीए० का अनुसार कोरोना महामारीपछि आन्तरिक यात्रुको सङ्ख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाउँदै लगेको जनाएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>