कृषि

भरतपुरको अन्नपूर्ण दुग्ध उत्पादन सहकारीद्वारा सात बुँदे घोषणापत्र जारी

Banner

चितवन, वैशाख १९-

भरतपुर महानगरपालिका–६ केशरबाघमा रहेको अन्नपूर्ण दूग्ध उत्पादक सहकारी संस्थाले आगामी पाँच वर्षका लागि कार्ययोजना तयार गरेको छ ।

सहकारीकोे बिस्तारित मञ्चका प्रतिनिधिहरुले तीन दिने कार्यशालामार्फत् ‘अन्नपूर्ण भिजन–२०८५’ तयार पारेका हुन् ।

विभिन्न ११ वटा सेसनको छलफलबाट संस्थाले सात बँुदे घोषणापत्र पनि तयार गरेको छ । संस्थासँग सम्बिन्धित विभिन्न विषयका १० वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने २० जनाले टिप्पणी गरेका थिए ।

वैशाख १६ देखि १८ गतेसम्म सञ्चालित कार्यशालालाई संस्था सञ्चालन नीति, कार्यविधि तथा पञ्चवर्षीय रणनीतिक योजना निर्माणमा प्राथमिकता दिइएको संस्थाका अध्यक्ष ऋषिराम चापागाइँले जानकारी दिए । कार्यशालामा विज्ञ सल्लाहकार रमेश अधिकारी एवम् भरतपुर महानगरपालिका सहकारी बिज्ञ रामबाबु पौडेल, सस्थाका पूर्वअध्यक्षहरु भिमलाल चापागाइँ, भगिरथ तिमिल्सिना पूर्वउपाध्यक्ष बोधराज पाठक, लिलाबहादुर भण्डारी , छविलाल अधिकारीको सहभागिता थियो । साथमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, पूर्वसमिति, पूुर्वव्यबस्थापकहरुसँगै सहभागी शेयर सदस्यहरु, किसानले पनि आफ्ना सुझावहरु दिएका थिए ।

साढे आठ हजारसम्म दूध संकलन गरेर बजारीकरण गर्दै आएको सहकारीले आफ्नो लक्ष्यमा १५ हजारसम्म दूध संकलनको गर्ने र पशुफार्मको विस्तार राखेको व्यवस्थापक करुण पोखरेलले बताए । पूर्वसंघीय सभासद हरि अधिकारी, गण्डकी प्रदेशका सांसद एवम् पूर्वआर्थिक तथा आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेशका उच्चस्तरका नेता जगन्नाथ खनाल, मेख बहादुर भण्डारीले समेत कार्यक्रममा उपस्थित भएका थिए । अन्नपूर्णले अहिले दूधलाई विविधीकरणसँगै, पशुदाना उद्योग, पशु आहार साइलेज, पशु फार्म पनि सञ्चालनमा ल्याएको छ । यसरी योजना बनाएर अघि बढ्दा संस्थाले आफ्नो लक्ष्य हाँसिल गर्न सक्ने र संस्थालाई थप उचाइँमा पु¥याउन सकिने अध्यक्ष चापागाइँको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>