अपराध

कम्बोडिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा चितवनका श्रेष्ठ पक्राउ

Banner

काठमाडौँ, वैशाख १९-

कम्बोडिया पठाइदिन्छु भन्दै सात लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले चितवनको लालपुर घर भई भक्तपुरको जगाते बस्ने राजु श्रेष्ठलाई पक्रेको हो ।
श्रेष्ठले एक लाख रुपैयाँ मासिक तलब हुने गरी सेक्युरिटी गार्डमा काम गर्न कम्बोडिया पठाइदिन्छु भन्दै बिजु कार्कीसँगबाट सात लाख रुपैयाँ लिएर फरार रहेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

त्यसपछि विभागले श्रेष्ठलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई आग्रह गरेको थियो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान र कारबाहीका लागि विभागमा पठाएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिहं राठौरले बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>