Breaking News

चितवनकी नर्स अनुमा मृत्यु प्रकरणः प्रेमी भनिएका डा. ढकाल पक्राउ

Banner

चितवन, वैशाख १९-

प्रहरीले नर्स मृत्यु प्रकरणमा प्रेमी भनिएका डा. सुजन ढकाललाई पक्राउ गरेको छ ।

चितवन स्थायी ठेगना भई काठमाडौँमा काम गर्दै आएकी नर्स अनुमा श्रेष्ठले ढकालको घर बोहराटारमा आत्महत्या गरेकी थिइन् । श्रेष्ठका परिवार काठमाडौँ गएर डा. ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा निवेदन दिएका थिए।

डा. ढकाललाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । गत शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहराटारस्थित ढकालको घरमा २९ वर्षीया श्रेष्ठ मृत फेला परेको थिइन् । उनी डाक्टर सुजनसँग प्रेम सम्बन्धमा रहेको र विवाह गर्न नमानेकाले उनकै घरमा गएर आत्महत्या परिवारको आरोप थियो । अनुमाको परिवारले डाक्टर सुजनविरूद्ध आत्महत्या दुरूत्सानका जाहेरी दिएका थिए।

भरतपुर महानगरपालिका–१ नारायणगढ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ काठमाडौँ वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज हुन् ।
अनुमाको प्रेमी भनिएका सुजन कान्ति बाल अस्पतालका डाक्टर हुन् । आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>