Breaking News

भरतपुरमा घरको छतबाट खसेका रवि लामिछानेका सवारी चालकको निधन

Banner

चितवन, वैशाख १९-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ ।

वैशाख ४ गते भरतपुर–११ मा  घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

भरतपुरको पुरानो मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>