क्रिकेट

खेल हेर्न पुगेका दर्शकले सफा गरे कीर्तिपुर रंगशाला

Banner

काठमाडौं, वैशाख १९-

एसिसी प्रिमियर कपको नेपाल र युएईबीचको फाइनल खेल हेर्न पुगेका दर्शकले रंगशालाको सरसफाइ गरेका छन्। मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा नेपाल र युएईबीच फाइनल खेल भएको थियो।

उक्त खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो।

नेपालले एसिसी कप जितेसँगै एशिया कपमा छनौट भएको छ। त्यस कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ।

खेल सकिएसँगै केही दर्शकहरूले रंगशालाको दर्शक बस्ने ठाउँमा यत्रतत्र छरिएका फोहोर उठाएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>