चितवन विशेष

हरियाली बगैँचाको रुपमा भरतपुरलाई हेर्न लायक शहर बनाउँदै छु: मेयर दाहाल

Banner

चितवन, वैशाख १९–

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरलाई हरियाली बगैँचाको रुपमा विकास गर्न लागिएको बताएकी छन् ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा निर्माण भएको पार्कको आज उद्घाटन गर्दै मेयर दाहालले भरतपुरको निर्माण चरण सकिएपछि हरियाली प्रर्वद्धन केन्द्रित हुने उल्लेख गरिन् ।

मेयर दाहालले भरतपुर चारैतिर जंगल, दुई ठूला नदी र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि थप बस्तीम हरियाली प्रर्वद्धन गरी सुन्दर बगैँचाको रुपमा विकास गर्न खोजिएको जानकारी दिइन् ।

भरतपुरलाई बगैँचाको रुपमा विकास गर्न सबैभन्दा पहिले महानगरपालिका परिसरमा उदाहरणीय पार्क निर्माण गर्न लागेको जानकारी दिइन् । प्रमुख दाहालले भरतपुरको सरकारी कार्यालयबाट हरियाली प्रर्वद्धनको सन्देश प्रवाह गर्न सबै कार्यालयमा यस्ता पार्क निर्माण गर्न जरुरी रहेको धारणा राखिन् ।
भरतपुरका सबै सडकको दायाँबाँया हरियाली प्रर्वद्धन हुँदा भरतपुर सुन्दर बगैँचाको रुपमा स्थापित हुने र यसलाई पर्यटनसँग जोड्न सकिने उनको भनाइ थियो । भरतपुरका मूख्य दुई घोल केरुङ्गा र पुंगीलाई संरक्षण गरी हरियाली सौन्दर्यकरण गर्ने काम भइरहेकाले पनि भरतपुर हेर्न लायक शहरका रुपमा विकास भइरहेको मेयर दाहालको विचार थियो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कृषि विकास बैँकको १५ लाख रुपैयाँ र क्यान्सर सेवा समाजको साढे ३ लाखमा पार्क निर्माण गरिएको हो । करिब दुई बिघा क्षेत्रफलमा निर्माण गरिएको पार्कले क्यान्सर अस्पतालमा उपचारमा आउने बिरामीलाई घुमघाम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

रोग निको हुन शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनुपर्ने भएकाले बिरामीमैत्री अस्पतालको लागि पार्क निर्माण गरिएको अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>