चितवन विशेष

गैँडाकोटबाट हराइरहेका इञ्जिनियरिङका विद्यार्थी डेभिड बुटवलमा फेला परे

Banner

चितवन, वैशाख १८–

गैंडाकोेटबाट बिगत पाँच दिनदेखि हराइरहेका इञ्जिनियरिङका २१ वर्षीय विद्यार्थी डेभिड तिमिल्सिना बुटवलमा फेला परेका छन् ।

बुटवलबाट घरमा बहिनीलाई फोन गरेपछि उनी बुटवलमा रहेको पत्ता लागेको हो ।

आज उनलाई लिन परिवार बुटवलतर्फ जाँदै गरेको उनका आफन्त आशिष कैनीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले किन के कारणले कसरी बुटवल पुगेको भन्ने खुलाउन चाहेनन् । डेभिड बुटवलमा भेटिएको उनका साथी विकल्प पौडेलले पनि पुष्टि गरे । उनले भने, ‘ डेभिड भेटिएको छ तर कसरी बुटवल पुगे भन्ने जानकारी छैन ।’

अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिङ चौथो समेस्टरमा अध्ययनरत डेभिड तिमिल्सेना पाँच दिनदेखि बेपत्ता भएका थिए । गैँडाकोट–४ को शान्ति श्री टोलमा रहेको घरबाट कलेज जान भनेर हिँडेका डेभिड गत बिहीबार बिहान ५ बजेदेखि सम्पर्कविहीन भएका थिए । उनले प्रयोग गर्दै आएको मोबाइल समेत घरमै छोडेर हिँडेकाले खोजीमा समस्या भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको थियो । घरबाट हिँडेपछि सम्पर्कविहीन भएपछि तिमिल्सिनाको परिवारले गत बिहीबार खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो । डेभिडको फोटो र हुलियाका आधारमा सबैतिर खोजी कार्य सुरु भएको थियो । ती विद्यार्थी एकान्त मनपराउने र थोरै साथीसँग संगत गर्ने स्वभावका रहेको कलेजका साथीहरु र प्राध्यापकहरुले जनाएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>