Breaking News
रविलाई संसदीय दलको नेता बनाउन रास्वपा केन्द्रीय समितिको निर्देशन
०

काठमाडौँ, वैशाख १८-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दल नेता बनाउन निर्देशन दिने निर्णय गरेको छ ।
रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले आज पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दल नेतामा पुनः सभापति लामिछानेलाई चयन गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
लामिछाने वैशाख १० को उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























