Breaking News
मौलाकालिका जस्ता पर्यटकीय पूर्वाधारले शिथिल अर्थतन्त्रलाई गति दिन्छः प्रधानमन्त्री प्रचण्ड
०

चितवन, वैशाख १८-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गरेसँगै मौलाकालिका केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
सोमबार गैडाकोट–१ मा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण केबलकारको उद्घाटन गरिएको हो । यस्तै उद्घाटन समारोमा आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताउँदै प्रचण्डले भने,’शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकालिका जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहन्छ । सरकार निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध छ ।’
पछिल्लो समय चितवन, तनहुँ र नवलपुर जिल्ला पर्यटकीय हब बन्दै गएको छ । यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























