चितवन विशेष

मृतक नर्सका आफन्तले दिए डाक्टरविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी

Banner

चितवन,बैशाख १७-

बोहराटारमा मृत भेटिएकी वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठका आफन्तले डाक्टर सुजन ढकालविरूद्ध आत्महत्या दुरूत्सानमा जाहेरी दिएका छन्। श्रेष्ठ शनिबार बोहराटारमा रहेको डाक्टर ढकालको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरका अनुसार उनले छोडेको सुसाइड नोटका आधारमा आफन्तले ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएका हुन्। सुसाइड नोटमा श्रेष्ठले आफूहरू ४ वर्षदि प्रेम सम्बन्धमा रहेको तर ढकालले विवाह गर्न नमानेकाले आत्महत्या गर्न बाध्य भएको आशय व्यक्त गरेको कुँवरले बताए।

‘आफन्तले जाहेरी दिएपछि पक्राउ अनुमति पत्र लिएर ढकाललाई पक्राउ गर्ने तयारी छ,’ डिएसपी कुँवरले भने। डाक्टर ढकाल विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत छन्। घटनापछि उनी आफैं विराटनगरबाट काठमाडौं आउन लागेको सूचना प्रहरीले पाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>