चितवन विशेष
चितवन घर भएकी नर्सले विवाह गर्न नमानेको भन्दै डाक्टरको घरमा गएर गरिन् आत्महत्या

चितवन,बैशाख १७-
चितवनकी एक युवतीले प्रमीको घरमा गएर आत्महत्या गरेकी छिन् । विवाह गर्न नमानेको भन्दै उनले हिजो (शनिवार) युवककै घरमा पुगेर आत्महत्या गरेकी हुन् ।
भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ काठमाडौँ वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज हुन् ।
प्रहरी वृत्त बालाजुका अनुसार अनुमाको शव आत्महत्या गरेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा भेटिएको थियो। अनुमाको प्रेमी भनिएका सुजन कान्ति बाल अस्पतालका डाक्टर हुन्। आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो। चितवनको नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ गएपछि हिजो राती मुचुल्का तयार पारी शव उठाइएको थियो।
लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेकी प्रहरीको भनाइ छ । ‘शव भेटिएपछि हामीले अनुसन्धान अघि बढाएका छौं र आत्महत्या गरेको कोठामा साइड नोट समेत फेला पारेको ’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले भने।


























