राजनीति

राष्ट्रपति पौडेल उपचार सकेर आज बेलुकी स्वदेश फर्कने

Banner

काठमाडौं, वैशाख १७-

राष्ट्रपति रामचन्द्र पौडेल आज उपचार सकेर स्वदेश फर्किने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेल उपचार गराएर भारतबाट आइतबार बेलुकी ८स्३० बजे स्वदेश फर्किने भएका हुन् ।

राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ।
राष्ट्रपति पौडेललाई आजै अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।

राष्ट्रपति पौडेलको उपचार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भएको हो। राष्ट्रपति पौडेलको छातिमा पानी जम्नेजस्ता समस्या देखिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>