Breaking News

रास्वपा सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी

Banner

चितवन,बैशाख १७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी भएको छ । दलको नेता रहेका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । अब सभापति लामिछाने दलको नेता बन्नेछन् ।

शनिवार बसेको संसदीय दलको बैठकमा अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । पार्टी संसदीय दलको बैठक भोलि सोमवार बसेर पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिए ।

वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट सभापति लामिछाने निर्वाचित भएसँगै शुक्रवार शपथ लिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>