Breaking News

महावीर पुनलाई रविले लामिछानेले भनेः हाम्रा २१ सांसद तपाईंसँग छन्

Banner

काठमाडौं,बैशाख १६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। शनिबार पुनको आन्दोलनमा सहभागी हुन माइतीघर पुगेका लामिछानेले आफ्ना २१ जना सांसद पुनको पक्षमा रहेको बताए। हाम्रा २१ जना सांसद तपाईंसँग छन्, मैले आज यही उपस्थितिमा ऐक्यवद्धता जनाउँछौँ, उनले भने।

अनुसन्धान, नवप्रर्वतन र आविष्कारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्न र नीति बनाउन माग गरी पुन शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा छन्। उनले राति माइतीघर मण्डलमै बिताएका थिए। पुनको दुई दिने धर्नालाई समर्थन गर्दै लामिछानेले राज्यले गर्नुपर्ने काम पुन एक्लैले गरिरहेको बताए। अन्तर्राष्ट्रिय स्तरमा पनि छवि बनाएका पुन सडकमा सुत्नपर्ने व्यक्ति नभएको भन्दै उनले यथाशीघ्र पुनसँग सरकारले वार्ता गर्नुपर्ने भनाइ राखे।

सडक र सदनबाट आफ्ना सबै सांसदहरू पुनको पक्षमा रहेको लामिछानेले दोहोर्‍याएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>