Breaking News

चितवनमा छ वर्षमा तीन हजार ८४ मानिस हराए, यसवर्ष हराएका मध्ये ३८ जना अझै फेला परेनन्

Banner

निरुता विक

चितवन, वैशाख १६-

चितवनमा पछिल्लो छ वर्षमा तीन हजार ८४ जना मानिस हराएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४\०७५ देखि चालु आर्थिक वर्षको चैतसम्ममा तीन हजार ८४ जना हराएका हुन् ।

सोअवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेको कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले नारायणी अनलाइनलाई जानकारी दिए । तीमध्ये कतिपय भेटिएका छन् भने कतिपयलाई अहिलेसम्म भेट्न सकिएको छैन । आर्थिक वर्ष २०७४\०७५ मा ५१६ जना मानिस हराएका छन् । जसमा ६९ पुरुष, ३०८ महिला, ३७ बालक, १०२ बालिका रहेका छन् । हराएकाहरुमा फेला पर्नेमा ६९ पुरुष, ३०८ महिला, ३७ बालक, १०२ बालिका रहेको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५\०७६ मा ७२९ जना मानिस हराएका छन् । जसमा २२९ पुरुष, ३२५ महिला, ४८ बालक र १२७ बालिकारहेका छन् । जसमध्ये २१७ पुरुष, ३१९ महिला, ४८ बालक, १२५ बालिका फेला परिसकेका छन् । फेलापर्न बाँकी रहेकाहरु १२ पुरुष, ६ महिला र २ बालिकाअझै फेलापर्न सकेका छैनन् । यस्तै आर्थिक वर्ष २०७६\०७७ मा ५२३ जना मानिस हराएका छन् । जसमध्ये १४३ पुरुष, २४५ महिला, ३१ बालक, ९० बालिका र १४ जना ज्येष्ठ नागरिक हराएका थिए । यीमध्ये १३० पुरुष, २३२ महिला, ३१ बालक, ९० बालिका र १३ ज्येष्ठ नागरिक फेला परेका छन् । यस्तै १३ पुरुष, १३ महिला र १ जेष्ठ नागरिक अझै फेला पर्न सकेका छैनन् ।

आर्थिक वर्ष २०७७\०७८मा ४८३ जना मानिस हराएका छन् । जसमध्ये १५८ पुरुष, २०४ महिला, २६ बालक, ७९ बालिका र १६ ज्येष्ठ नागरिक हराएका छन् । यी हराउनेमध्ये १३६ पुरुष, १९१ महिला, २६ बालक, ७८ बालिका र १३ जना ज्येष्ठ नागरिक फेला परेका छन् । यस्तै २२ पुरुष, १३ महिला, एक बालिका र ३ जना ज्येष्ठ नागरिक अझै सम्पर्क विहीन छन् ।

आर्थिक वर्ष २०७८\०७९मा ४७३ जना मानिस हराएका छन् । जसमा १५२ पुरुष, १९३ महिला, २७ बालक, ७९ बालिका र २३ जना ज्येष्ठ नागरिक रहेका छन् । यी हराउने मानिसहरु मध्ये १३६ पुरुष, १७४ महिला, २६ बालक, ७७ बालिका र २२ जना ज्येष्ठ नागरिक फेला परिसकेका छन् । फेला पर्न बाँकीमध्ये १६ पुरुष, १८ महिला, १ बालिका र एक जना ज्येष्ठ नागरिक रहेका छन् । चालु आर्थिक वर्षको चैत महिनासम्ममा ३६० जना मानिस हराएका छन् । जसमा ९८ पुरुष, १४४ महिला, २५ बालक, ७३ बालिका र २० जना ज्येष्ठ नागरिक हराएका हुन् । यी हराउने मध्ये ८३ पुरुष १३२ महिला, २१ बालक, ६९ बालिका र १६ जना ज्येष्ठ नागरिक फेला परेका छन् । यसवर्ष हराएका मध्ये १५ पुरुष, १२ महिला, ४ बालक, ३ बालिका र चार जेष्ठ नागरिक अझै फेला पर्न सकेका छैनन् ।

बिगत ६ वर्षको तथ्यांकलाई अध्ययन गर्दा जम्मा १९९ जना मानिस अझै बेपत्ता छन् । जसमा ७४ महिला ९३ पुरुष बालक ८ जना, बालिका ११ र ज्येष्ठ नागरिक १३ जना बेपत्ता नै देखिन्छन् ।

संख्यात्मकरुपमा तुलना गर्दा पुरुषभन्दा महिलाहरु धेरै हराउने गरेका छन् । माथिको तथ्यांकलाई विश्लेषण गर्दा हराएका महिला र बालिकहरु धेरै फेला परेको देखिन्छ । तर, फेलापर्ने अनुपातलाई हेर्दा महिलाको तुलनामा पुरुष कम फेला पर्ने गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>