क्रिकेट

कुवेतविरूद्ध ब्याटिङ गरिरहेको नेपालले तीन विकेट गुमायो

Banner

काठमाडौं, वैशाख १६-

एसिसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरूद्ध ब्याटिङ गरिरहेको नेपालले तीन विकेट गुमाएको छ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उत्कृष्ट सुरुवात गरेको नेपालले दसौं ओभरपछि लगातार तीन विकेट गुमाएको हो।

१०.५ ओभरमा ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका हुन्। उनलाई एडनान इद्रिसको बलमा यसिन पटेलले क्याच आउट गरे। उत्कृष्ट ब्याटिङ गरेका कुशलले ३९ बलमा७ चौका र १ छक्का प्रहार गरे।

कुशलको विकेटपछि क्रिजमा आएका भीम सार्की ११.३ ओभरमा एक रनमै आउट भए। त्यसपछि १२.२ ओभरमा ओपनर आशिफ शेख २८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाएर आउट भए ।

१५ औं ओभर चलिरहँदा नेपालले तीन विकेटको क्षतिमा ९५ रन बनाएर खेलिरहेको छ।

कप्तान रोहित पौडेल र कुशल मल्ल ब्याटिङमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>