अन्तर्राष्ट्रिय

पूर्व प्रेमीसहित १२ जनाको हत्या गरेको आरोपमा महिला पक्राउ

Banner

बैंकक, वैशाख १५

आफ्ना १२ साथी र चिनजानलाई साइनाइड खुवाएर मारेको आरोपमा थाई प्रहरीले एक महिलालाई पक्राउ छ । प्रहरीले सरत रंग्सिवुतापोर्न नामकी महिलालाई मंगलबार बैंककबाट पक्राउ गरेको हो । उनका एक साथी सिरीपोर्न खानभोङको मृत्युपछि ती महिलालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका महिलाको भूमिकामाथि पीडित परिवारले शंका व्यक्त गरेका छन् । खानभोङको यात्राकै क्रममा मृत्यु भएको थियो । त्यस क्रममा ती संदिग्ध महिला उनीसँगै थिइन् । प्रहरीले पैसाका लागि रंग्सिवुतापोर्नले ती महिलाको हत्या गरेको आरोप लगाएको छ । यस विषयमा अनुसन्धान गरिसकेपछि प्रहरीले रंग्सिवुतापोर्नले आफ्नो पूर्व प्रेमी सहित अन्य ११ जनाको पनि हत्या गरेको बताएको छ। तर, उनले प्रहरीले लगाएको आरोप अस्वीकार गरेकी छन् । पक्राउ परेका महिलाको धरौटीमा छाड्ने निवेदनसमेत खारेज भएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>